AarthikBikash
शुक्रबार, जेष्ठ २९, २०८३
  • होमपेज
  • राजनीति
  • विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

  • शुक्रबार, जेष्ठ २९, २०८३
विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं – ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।

शुक्रबार बसेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

त्यसअघि विधेयकमाथिको छलफलका क्रममा विपक्षी सांसदहरूले सांसदहरूले विनियोजन विधेयकमा चालु खर्च र पुँजीगत खर्चमा सन्तुलन नभएको, दीर्घकालीन ऋणको बोझ हटाउनेतर्फ सरकारले बजेटले ध्यान नदिएको, चालु खर्च र पुँजीगत खर्चमा सन्तुलन नभएको, पुँजीगत खर्च हुन नसक्नुको कारण खोजी नभएको टिप्पणी गरेका थिए ।

यतासत्तापक्ष सांसदहरूले आर्थिक रूपान्तरणका लागि सरकारले ल्याएको बजेट निकै प्रभावकारी भएको जनाएका थिए ।

त्यसपछि अर्थमन्त्री वाग्लेले सांसदहरूको जिज्ञासाको जवाफमा मन्त्रालयगत छलफलका क्रममा विनियोजनका धेरै विषयमा प्रष्ट हुने बताएका थिए।

यसैगरी मध्यमवर्गको विस्तारलाई बजेटले प्राथमिकतामा राखेको भए पनि गरिब र कमजोर वर्गलाई नछाडेको स्पष्ट पारे।

अन्त्यमा अर्थमन्त्री वाग्लेले सुनेको भरमा नभई विनियोजन विधेयक पढेर टिप्पणी गर्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचार