काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरे पनि सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै तोकिएको सेवा दायित्व पूरा नगरी विश्वविद्यालय छाडेका वा सेवामा अनुपस्थित रहेका शिक्षक तथा कर्मचारीलाई तुरुन्त सम्पर्कमा आउन आग्रह गरेको हो ।