काठमाडौं – फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा पाराग्वेले पहिलो जित निकालेको छ।
सान फ्रान्सिस्को बे एरिया स्टेडियममा शनिबार बिहान भएको खेलमा पाराग्वेसँग १–० ले पराजित गरेको हो ।
पाराग्वेसँग पराजित भएसँगै टर्की ए विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।
खेलको ६५औँ सेकेन्डमै माटियास गालार्जाले पहिलो गोल गरेका थिए ।
फरवार्ड मिगुएल अल्मिरोनले पहिलो हाफको इन्जुरी समयमा रेड कार्ड खाएपछि पाराग्वे १० खेलाडीमा सीमित भएको थियो।
तर पनि टर्कीले गोल फर्काउन नसकेपछि पाराग्वेकै जित भएको हो ।
यो नतिजासँगै सहआयोजक अमेरिका भने एक खेल अगावै समूह ‘डी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो।
अमेरिकाको २ खेलबाट ६ अंक छ । समान दुई खेल खेलका अष्ट्रेलिया र पाराग्वेको समान ३ अंक छ।