AarthikBikash
शनिबार, असार ६, २०८३
  • होमपेज
  • राजनीति
  • रास्वपाको केन्द्रीय समिति बैठक एक घण्टा सर्‍यो

रास्वपाको केन्द्रीय समिति बैठक एक घण्टा सर्‍यो

  • शनिबार, असार ६, २०८३
रास्वपाको केन्द्रीय समिति बैठक एक घण्टा सर्‍यो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक एक घण्टा पछाडि सारिएको छ ।

दिउँसो १ बजे बस्ने तय भएको बैठक अब दिउँसो २ बजे सुरु हुने पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।

उनका अनुसार बैठक चितवनको भरतपुरस्थित विक्रम मार्गमा रहेको दियालो फुडल्यान्डमा बस्नेछ ।

भोलिदेखि सुरु हुने रास्वपाको महाधिवेशनअघि बस्न लागेको यो अन्तिम केन्द्रीय समिति बैठक हो ।

महाधिवेशनको तयारी, संगठनात्मक व्यवस्थापन तथा समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।

सम्बन्धित समाचार