AarthikBikash
बुधबार, असार १०, २०८३
  • होमपेज
  • राजनीति
  • सवारी दुर्घटनामा वरिष्ठ सईको ज्यान गयो, श्रीमती घाइते

सवारी दुर्घटनामा वरिष्ठ सईको ज्यान गयो, श्रीमती घाइते

  • बुधबार, असार १०, २०८३
सवारी दुर्घटनामा वरिष्ठ सईको ज्यान गयो, श्रीमती घाइते

विराटनगर – सुनसरीको बर्जु गाउँपालिका–६ मा सवारी दुर्घटना हुँदा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका-१ निवासी ५० वर्षीय वरिष्ठ सईको लालकुमार यादव रहेका छन् ।

मंगलबार विराटनगरबाट हुलाकी राजमार्ग हुँदै चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको विद्युतीय कार र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो। उपचारकै क्रममा यादवको मंगलबार साझ ४:१६ बजे मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ।

यसैगरी मोटरसाइकलमा सवार उनकी ४७ वर्षीया पत्नी रामपरी यादव घाइते भएकी छन्।

उनको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सप्तरी निवासी यादव हालै सईबाट वरिष्ठ सईमा पदोन्नति भई जिल्ला प्रहरी कार्यालय सिराहामा सरुवा भएका थिए। तर नयाँ कार्यस्थलमा हाजिर हुनुअघि नै उनी दुर्घटनामा परेका हुन्।

घटनामा संलग्न कारका चालक ५० वर्षीय डा। राजेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

सम्बन्धित समाचार