AarthikBikash
शुक्रबार, असार २६, २०८३
  • होमपेज
  • राजनीति
  • आज ऊर्जा उद्यमीहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

आज ऊर्जा उद्यमीहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • शुक्रबार, असार २६, २०८३
आज ऊर्जा उद्यमीहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्रका उद्योगी–व्यवसायीसँग आज सिंहदरबारमा छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने भेटवार्तामा ऊर्जा क्षेत्रमा देखिएका समस्या, लगानीको वातावरण, नीतिगत सुधार तथा समाधानका उपायबारे विस्तृत छलफल हुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहले ऊर्जा उद्योगसँग सम्बन्धित चुनौतीहरू प्रत्यक्ष रूपमा सुन्न र समाधानका सम्भावित उपायबारे सुझाव लिन उद्योगी–व्यवसायीलाई छलफलका लागि आमन्त्रण गरेका हुन् । पछिल्ला केही दिनयता प्रधानमन्त्री शाहले विभिन्न क्षेत्रका उद्योगी–व्यवसायीसँग निरन्तर संवादलाई तीव्रता दिएका छन्।

सम्बन्धित समाचार