AarthikBikash
शनिबार, असार २७, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किए, ८ जना घाइते

धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किए, ८ जना घाइते

  • शनिबार, असार २७, २०८३
धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किए, ८ जना घाइते

जनकपुरधाम – धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व-पश्चिम लोक मार्गमा उपमेयर सवार गाडी र एम्बुलेन्स एकआपसमा ठोक्किँदा ८ जना घाइते भएका छन् ।

शनिबार बिहान बडहरीबाट विराटनगरतर्फ बिरामी लिएर जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको उपमेयर भुजेल सवार प्रदेश २–०२–००१ झ ००८२ नम्बरको गाडी एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा एम्बुलेन्स चालकसहित त्यसमा सवार ५ जना र उपमेयर सवार गाडीका ३ जना गरी कुल ८ जना घाइते भएका छन् ।

एम्बुलेन्समा सवार घाइते हुनेहरुमा ४९ वर्षीय दिपेन्द्र कुमार महतो (एम्बुलेन्स चालक),  ४५ वर्षीय बसन्त कुमार सिंह, अन्दाजी ४० वर्षीया रेणु कुमारी महतो, ६० वर्षीया राजु देवी र ६५ वर्षीय लक्ष्मी महतो रहेका छन् ।

यसैगरी सरकारी गाडीमा सवार ५० वर्षीय बद्री भुजेल (सरकारी गाडी चालक), ६५ वर्षीया विद्दा भुजेल, धनुषाधाम नगरपालिकाकी उपमेयर र ७० वर्षीय भीमराज भुजेल रहेका छन् ।

घाइते सबैलाई उपचारका लागि धनुषाकै रमदैयास्थित जानकी मेडिकल कलेज पठाइएको छ ।

घाइतेमध्ये एक जनाको अवस्था मध्यम र अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार