AarthikBikash
बुधबार, साउन २०, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कार्यव्यवस्था परामर्श समितिको बैठक : आगामी क्यालेन्डरदेखि कार्यसम्पादनका विषयसम्म छलफल

कार्यव्यवस्था परामर्श समितिको बैठक : आगामी क्यालेन्डरदेखि कार्यसम्पादनका विषयसम्म छलफल

  • बुधबार, साउन २०, २०८३
कार्यव्यवस्था परामर्श समितिको बैठक : आगामी क्यालेन्डरदेखि कार्यसम्पादनका विषयसम्म छलफल

काठमाडौं – सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक राखेका छन्। बैठकमा प्रतिनिधि सभाको आगामी संसद् क्यालेन्डरबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

छलफलमा संसद् बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने विषय तथा संसदीय कार्यप्रणालीलाई थप सुदृढ बनाउने उपायबारे विस्तृत छलफल भएको छ।

छलफलका क्रममा सांसदहरूले पालना गर्नुपर्ने आचरण, संसद् बैठकमा अपनाउनुपर्ने पोसाकसम्बन्धी व्यवस्था, कार्यसूची व्यवस्थापन, संसदीय गतिविधिलाई नियमित, व्यवस्थित र प्रभावकारी बनाउने उपाय तथा सदन सञ्चालनसँग सम्बन्धित समसामयिक विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए।

बैठकमा संसद्को गरिमा, मर्यादा र प्रभावकारिता अभिवृद्धि गर्दै जनअपेक्षाअनुरूप संसदीय कार्यसम्पादन सुनिश्चित गर्न सबै राजनीतिक दलबीच निरन्तर संवाद, सहकार्य र समन्वयलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइएको थियो।

त्यसैगरी, संसद्को कार्यसम्पादनलाई थप प्रभावकारी, मर्यादित र जनउत्तरदायी बनाउन सबै पक्षले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्नेमा सहभागी सदस्यहरूले जोड दिएका थिए।

सम्बन्धित समाचार