काठमाडौं – सर्वोच्च अदालतको भवनबाट हामफालेर आत्महत्या प्रयास गर्ने व्यक्ति वकिल रहेको खुलेको छ।
मंगलबार दिउँसो ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला आएपछि अधिवक्ता लालबहादुर राईले सर्वोच्च अदालत परिसरबाट हामफालेर आत्महत्या गर्ने प्रयास गरेका थिए ।
अधिवक्ता राईले मुद्दामा आफूविरुद्ध फैसला आएपछि ‘सर्वोच्चले आफूलाई हराएको’ भन्दै सुसाइड नोट समेत लेखेका थिए ।
सोही नोटसहित उनी सर्वोच्च अदालतको पाँचौँ तल्लामा पुगेका थिए।
यद्यपी. सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएर उनको उद्धार गरेका थिए ।
सर्वोच्च अदालत सुरक्षा प्रहरीले पनि हामफाल्ने प्रयास गरेका राईको सकुशल उद्धार गरिएको जानकारी दिएको छ ।