AarthikBikash
बुधबार, भदौ १०, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • हिमाल आरोही ‘निम्सदाइ’को आज बेलायतमा अन्त्येष्टि गरिँदै

हिमाल आरोही ‘निम्सदाइ’को आज बेलायतमा अन्त्येष्टि गरिँदै

  • बुधबार, भदौ १०, २०८३
हिमाल आरोही ‘निम्सदाइ’को आज बेलायतमा अन्त्येष्टि गरिँदै

काठमाडौं – पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा निधन भएका चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को अन्त्येष्टि आज बेलायतको डोर्सेटमा गरिँदै छ ।

अन्त्येष्टि समारोहमा परिवारका सदस्य तथा निकट आफन्त मात्र सहभागी हुनेछन्।

निम्सका दाइ कमलबहादुर पुर्जाले मंगलबार जारी गरेको विज्ञप्तिमा अन्त्येष्टि स्थलको सीमित क्षमता, सुरक्षा व्यवस्था, परिवारको गोपनीयता तथा प्रतिकूल मौसमलाई ध्यानमा राख्दै समारोहमा ठुलो संख्यामा सहभागी गराउन नसकिने जानकारी दिएका छन्।

विज्ञप्तिअनुसार यसअघि नाम दर्ता गराएका व्यक्तिहरूलाई मात्र अन्त्येष्टि समारोहमा सहभागी हुन अनुमति दिइनेछ। साथै, ज्येष्ठ नागरिक तथा साना बालबालिकालाई समारोहमा उपस्थित नहुन परिवारले आग्रह गरेको छ।

अन्त्येष्टि समारोह सम्पन्न भएपछि निर्मल पुर्जाप्रति सार्वजनिक रूपमा श्रद्धाञ्जली अर्पण गर्न छुट्टै कार्यक्रम आयोजना गरिने जनाइएको छ।

सम्बन्धित समाचार