AarthikBikash
आइतवार, भदौ १४, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • भोटेकोसीमा बहाव बढ्यो, तर ठूलो बाढीको जोखिम छैन : महाशाखा

भोटेकोसीमा बहाव बढ्यो, तर ठूलो बाढीको जोखिम छैन : महाशाखा

  • आइतवार, भदौ १४, २०८३
भोटेकोसीमा बहाव बढ्यो, तर ठूलो बाढीको जोखिम छैन : महाशाखा

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा बाढीको बहाव बढेको भए पनि तत्काल रसुवा, नुवाकोट र धादिङमा ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आइतबार बिहान ५ः४५ बजे जारी गरेको पछिल्लो अपडेटमा जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त सूचनाअनुसार भोटेकोसी नदीको बहाव बढेको जनाएको हो ।

महाशाखाका अनुसार भोटेकोसीको बहाव बढेसँगै नुवाकोटमा पनि बाढी केही बढेको छ। यद्यपि बाढीको अवस्था हाल ठूलो नरहेको र नदी आसपासका क्षेत्रमा तत्काल ठूलो बाढीको जोखिम नरहेको महाशाखाले स्पष्ट पारेको छ।

‘जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटेकोसी नदीमा बाढीको बहाव बढेको प्राप्त सूचना अनुसार हाल नुवाकोटमा बाढी केही बढेको तर ठूलो नरहेको हुँदा यसै सूचनालाई आधार मानी हाललाई रसुवा, नुवाकोट, धादिङसम्म नदी आसपासको क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको जानकारी गराउँदछौँ,’ महाशाखाले बिहान पौने ६ बजे जारी गरेको अलर्टमा भनेको छ।

भोटेकोसी क्षेत्रमा पछिल्लो समय बाढीको जोखिम उच्च रहँदै आएको अवस्थामा नदीको बहावमा भइरहेको परिवर्तनलाई निरन्तर निगरानीमा राखिएको छ। महाशाखाले नदी आसपासका बासिन्दालाई पछिल्ला सूचना तथा चेतावनीमा ध्यान दिन आग्रह गरेको छ।

सम्बन्धित समाचार