AarthikBikash
सोमवार, भदौ २२, २०८३
  • होमपेज
  • राजनीति
  • बाढी प्रभावित क्षेत्रको अवलोकनपछि राष्ट्रपतिले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

बाढी प्रभावित क्षेत्रको अवलोकनपछि राष्ट्रपतिले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

  • सोमवार, भदौ २२, २०८३
बाढी प्रभावित क्षेत्रको अवलोकनपछि राष्ट्रपतिले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

राष्ट्रपति सचिवालयका अनुसार भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन सकेर काठमाडौं फर्किएपछि पौडेलले सम्बोधन गर्न लागेका हुन्।

राष्ट्रपति पौडेलले नेपाल टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्नेछन्।

यसअघि उनले बाढी–पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै भएको क्षति, उद्धार तथा मानवीय संकटबारे नेपाली सेना र सम्बन्धित अधिकारीसँग जानकारी लिएका थिए।

भदौ १० गतेको बाढी–पहिरोबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ। हालसम्म उक्त विपद्मा १ हजार ३ सय ५५ जनाको मृत्यु भएको छ भने ४ हजार ९ सय ९६ जना अझै बेपत्ता छन्।

सम्पर्कविहीनमध्ये रसुवाका १ हजार ९ सय ६७, नुवाकोटका २ हजार ३ सय ४०, सुरक्षाकर्मी तथा कर्मचारी करिब १ सय र विदेशी नागरिक ५ सय ८९ जना छन्।

जलविद्युत् आयोजनाका सुरुङमा समेत ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन्।

खोज तथा उद्धारका लागि २१ हजार ४ सय २ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय १२ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना छन्।

सम्बन्धित समाचार