AarthikBikash
शुक्रबार, अशोज २, २०८३
  • होमपेज
  • समाज
  • नेपाल प्रहरीमा असईसहित ३३४ पदमा नयाँ भर्ना खुल्यो

नेपाल प्रहरीमा असईसहित ३३४ पदमा नयाँ भर्ना खुल्यो

  • शुक्रबार, अशोज २, २०८३
नेपाल प्रहरीमा असईसहित ३३४ पदमा नयाँ भर्ना खुल्यो

काठमाडौं – नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक (असई) सहित विभिन्न पदमा नयाँ भर्ना आह्वान गरेको छ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार प्रकाशित गरेको सूचनाअनुसार प्रहरी सहायक निरीक्षक (जनपद) पदमा २११ जनाका लागि दरखास्त आह्वान गरिएको हो । तीमध्ये खुलातर्फ ११४ पद छुट्याइएको छ भने बाँकी पद समावेशी समूहअन्तर्गत रहेका छन् ।

असई पदका लागि असोज १२ गतेदेखि कात्तिक ७ गतेसम्म अनलाइन आवेदन दिन सकिनेछ। उम्मेदवारको अधिकतम उमेर हद २५ वर्ष तोकिएको प्रहरीले जनाएको छ।

इच्छुक उम्मेदवारले नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत अनलाइन दरखास्त दिन सक्नेछन्।

यसैगरी, नेपाल प्रहरीले प्रहरी कार्यालय सहयोगीका विभिन्न पदमा समेत १२३ जनाका लागि भर्ना खुलाएको छ।

जसअनुसार भान्से पदमा ८३ जना, हजाममा १५ जना र कुचीकारमा २५ जना माग गरिएको छ।

यससँगै नेपाल प्रहरीले एकैपटक असई र कार्यालय सहयोगीतर्फ कुल ३३४ पदमा नयाँ जनशक्ति भर्ना गर्न लागेको हो।

सम्बन्धित समाचार