AarthikBikash
शुक्रबार, अशोज २३, २०८३
  • होमपेज
  • समाज
  • विपद् प्रतिकार्यमा अमेरिकाले नेपाल प्रहरीलाई सघाउने

विपद् प्रतिकार्यमा अमेरिकाले नेपाल प्रहरीलाई सघाउने

  • शुक्रबार, अशोज २३, २०८३
विपद् प्रतिकार्यमा अमेरिकाले नेपाल प्रहरीलाई सघाउने

काठमाडौं – नेपाल प्रहरी र अमेरिकी दूतावासबीच विपद् प्रतिकार्य, पीडितको खोजी तथा पहिचानमा सहकार्य गर्ने विषयमा छलफल भएको छ।

शुक्रबार नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच नेपाल प्रहरी प्रधान कार्यालयमा सो विषयमा छलफल भएको हो ।

भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले विपद्का कारण बेपत्ता भएका अमेरिकी नागरिकसहित अन्य पीडितको खोजी, उद्धार र पहिचानमा नेपाल प्रहरीले पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरे ।

उनले विपद्बाट प्रभावित अमेरिकी नागरिक तथा नेपाली समुदायलाई सहयोग गर्ने प्रतिबद्धता पनि दोहोर्‍याए ।

अमेरिकी पक्षले विपद् प्रतिकार्यसम्बन्धी उपकरण, विपद् पीडितको पहिचान (डीभीआई) मा प्राविधिक सहयोग तथा र्‍यापिड डीएनए परीक्षणका लागि आवश्यक सामग्री उपलब्ध गराउने विषयमा जानकारी गराएको नेपाल प्रहरीले जनाएको छ ।

यस सहकार्यले विपद्का घटनामा पीडितको खोजी, पहिचान र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार