काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १७५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७४ रन बनाएको हो।
जनकपुरको लागि इम्रान शेख र लोकेश बमले शतकीय साझेदारी गरे। इम्रान शेखले ४५ बलमा ५ चौका र २ छक्कासहित ५६ रन बनाए। उनी र लोकेशले दोस्रो विकेटको लागि १०७ रनको शतकीय साझेदारी बनाए।
लोकेश बमले ४० बलमा समान ३ चौका र ३ छक्कासहित ५० रन बनाएर क्याच भए। विराटनगरकाओपनर शेहान जयसुरिया खाता मात्रै खोल्दै मोइन अलिको बलमा एलबीडब्ल्यू आउट भए। त्यसपछि भने विराटनगरले सम्हालिएर ब्याटिङ गर्यो । दास्रो विकेटको साझेदारीले र आन्द्रे रसेलको आक्रमक अर्धशतकमा विराटनगरले सम्मानजनक लक्ष्य बनाएको हो। आन्द्रे रसेलले २९ बलमा २ चौका र ५ छक्कासहित ५२ रनसहित अविजित रहे। शुभम रन्जाने ७ मा अविजित रहे।
जनकपुर बोल्ट्सको लागि अभिषेक तिवारी र मोइन अलिले १÷१ विकेट लिए।
जनकपुर र विराटनगर दुवैको यो चौथो खेल हो। जनकपुर बोल्ट्सले पहिलो खेलमा कर्णाली याक्ससाग १९ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको थियो। तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ९ रनको जित दर्ता गरेको थियो।
त्यस्तै विराटनगरले पहिलो खेलमा चितवन राइनोजसँग ८ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा कर्णाली याक्ससँग ४ विकेटको हार बेहोरेको थियो भने तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हराएको थियो।