AarthikBikash
बिहिबार, मंसिर ४, २०८३
  • होमपेज
  • खेलकुद
  • चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

  • बिहिबार, मंसिर ४, २०८३
चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

काठमाडौं – सुदूरपश्चिम रोयल्सले दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै नेपाल प्रिमियर लिग प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।  चितवनका डेविड मलानले ७१ रनको अविजित इनिङ्स खेले पनि सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पराजित गर्दै लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा स्थान बनाएको छ।

सुदूरपश्चिमका थारिन्दु रत्नायकेले ५३ रनको अर्धशतकीय पारी खेले भने टोलीका अन्य ब्याटरले पनि महत्वपूर्ण योगदान दिए।

चितवनका रिजन ढकालले प्रतियोगितामा १७ विकेट लिँदै गोल्डेन क्यापको दौडमा अग्रता कायम राखेका छन्। कमलसिंह ऐरीले पनि १३ विकेट लिएका छन्।

अब शनिबार हुने फाइनलमा गत सिजनकै उपाधि भिडन्त दोहोरिनेछ। जहाँ साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।

अघिल्लो समाचार

Mobil wetten: Mythen entlarvt und Realität erklärt
Mobil wetten: Mythen entlarvt und Realität erklärt

सम्बन्धित समाचार