AarthikBikash
आइतवार, मंसिर ७, २०८३
  • होमपेज
  • राजनीति
  • मधेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले लिए शपथ

मधेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले लिए शपथ

  • आइतवार, मंसिर ७, २०८३
मधेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले लिए शपथ

जनकपुरधाम – मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले उनलाई शपथ गराएका हुन्।

जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश संसदीय दलका नेता यादव दोस्रोपटक प्रदेश सरकारको नेतृत्वमा पुगेका हुन्।

संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा प्रदेश प्रमुखले शनिबार उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

मुख्यमन्त्री नियुक्त भएसँगै यादवले अब प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ।

उनले सात दिनभित्र विश्वासको मत लिने बताएका छन्।

यससँगै मधेश प्रदेशको सत्ता नेतृत्व पुनः यादवको हातमा पुगेको छ।

सम्बन्धित समाचार