विराटनगर-उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता हुनु आवश्यक रहेको बताएका छन् । सोमबार गृह मन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले आन्दोलनको नाममा कसैलाई हिँडडुलमा अवरोध र आक्रमण गर्न नपाइने बताए । कोशी नामकरणको विपक्षमा आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामकरण संघर्ष […]
काठमाडौं-नेकपा एमाले बागमती प्रदेश अधिवेशन ड्रोनबाट ब्यानर उडाएर र रिमोटबाट दियो बालेर सुरु गरिएको छ । काठमाडौंमा सोमबारबाट सुरु भएको अधिवेशनमा एक हजार ८० जना प्रतिनिधिहरु छन् । उनीहरुले पाँचजना पदाधिकारीसहित २४० सदस्यीय बागमती प्रदेशको नयाँ कमिटी चयन गर्नेछन् ।
काठमाडौं-गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले कुनै प्रकारको हस्तक्षेप नगर्ने बताएका छन्। आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा एक सांसदले सुन तस्करी प्रकरणको अनुसन्धानप्रति आशंका व्यक्त गर्दै मन्त्रीको जवाफ माग गरेपछि मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। सिआइबिलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न आफूले निर्देशन दिएको भन्दै उनले अनुसन्धानमा कुनै प्रकारको हस्तक्षेप […]
काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी निनफिङबीच ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ। चीनकोसाताव्यापी भ्रमणका लागि शनिबार हाङ्जाओ आइपुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग द्विपक्षीय हितका विविध विषयमा खुलार स्पष्टरुपमा छलफल गरेका हुन्। चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँगको द्विपक्षीय सम्बन्धमा निरन्तर प्रगतिका लागि विकासको रणनीतिमा जोड्न चाहेकोबताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग चीनको हाङचउमा शनिबार […]