राहदानी छपाई प्रकरण: पूर्वमहानिर्देशक अर्यालसहित ५ जनालाई धरौटीमा रिहा गर्न आदेश
काठमाडौं – विशेष अदालतले विद्युतीय राहदानी (ई-पासपोर्ट) खरिद प्रक्रियामा भएको भ्रष्टाचार अभियोगमा मुछिएका ५ जना आरोपितहरूलाई धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आरोपितहरूसँग धरौटी माग गर्दै उक्त आदेश दिएको हो । जसअनुसार अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसँग पाँचलाख, ठेकेदारको नेपाल एजेन्ट मणिन्द्रराज मल्लसँग पाँच […]