देउवा समूहले राष्ट्रिय भेला गर्ने, पार्टी एकताका लागि ५ बुँदे प्रस्ताव सार्वजनिक
काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टी एकताको सम्भावना कमजोर बन्दै गएको निष्कर्षसहित साउनभित्र राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ। आइतबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत समूहले राष्ट्रिय भेलाको मिति छिट्टै सार्वजनिक गर्ने जनाएको हो। कार्यक्रममा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा। शशांक कोइराला, विमलेन्द्र निधि, डा। प्रकाशशरण महतलगायत शीर्ष नेताहरूको सहभागिता थियो। नेता […]