AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • देउवा एकलौटी रुपमा अघि बढेको कोइराला पक्षको निष्कर्ष

देउवा एकलौटी रुपमा अघि बढेको कोइराला पक्षको निष्कर्ष

  • बिहिबार, असार १६, २०७९
देउवा एकलौटी रुपमा अघि बढेको कोइराला पक्षको निष्कर्ष

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको भेलाले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अघि बढेको निष्कर्ष निकालेको छ  ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसिरहेको कोइराला पक्षको बैठकले देउवाले महाधिवेशनपछिको प्रतिवद्धता विपरित एकलौटी रुपमा अघि बढिरहेको निष्कर्ष निकालेको हो । भेलामा सहभागी सहमहामन्त्री जीवन परियारका अनुसार पार्टीमा कुनै सरसरल्लाह नगर्ने र भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा देउवाले एकलौटी गरेका हुन् ।

पार्टीमा छलफल र सरसल्लाह गरेर अघि बढ्छु भनेर देउवाले महाधिवेशनपछि गरेको प्रतिवद्धता पूरा नगरेको कोइराला पक्षको आरोप छ । भ्रातृ संस्थामा नियुक्त गर्दा देउवाले आफूखुसी नियुक्ति गरेका थिए ।

सो भेलामा कोइरालासहित महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, डा चन्द्र भण्डारी, बलबहादुर केसी, जगदीशनरसिंह केसी, डा.रामशरण महत, सञ्जय गौतमलगायत नेता सहभागी थिए ।

Facebook Comments

सम्बन्धित समाचार