AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाज
  • कोरोनाका १३५ जना नयाँ संक्रमित थपिए, एक जनाको मृत्यु

कोरोनाका १३५ जना नयाँ संक्रमित थपिए, एक जनाको मृत्यु

  • आइतवार, साउन १, २०७९
कोरोनाका १३५ जना नयाँ संक्रमित थपिए, एक जनाको मृत्यु

काठमाडौं – पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको १३५ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा एक जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पाइएको हो ।

बितेको चौबिस घण्टामा १ हजार ४७३ जनाको पीसीआर र १ हजार ५६८ जनाको एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार सोही अवधिमा ५९ जना संक्रमित निको भएका छन् ।

हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १ हजार ४३९ जना रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाे तथ्याङ्क अनुसार हालसम्म नेपालमा ११ लाख २२ हजार ३३६ जनामा कोरोना संक्रमण भइसकेको छ । संक्रमितमध्ये ९८.६ प्रतिशत निको भइसकेका छन् । कोरोना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा ११ हजार ९५३ जनाको मृत्यु भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार