AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • नागरिकता विधेयकलाई चुनावसँग नजोडौँः सांसद विश्वकर्मा

नागरिकता विधेयकलाई चुनावसँग नजोडौँः सांसद विश्वकर्मा

  • बिहिबार, भदौ २, २०७९
नागरिकता विधेयकलाई चुनावसँग नजोडौँः सांसद विश्वकर्मा

,काठमाडौं – सत्तारूढ नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले राष्ट्रिय सहमतिकै आधारमा सरकारले ल्याएको नागरिकता विधेयकमाथि राजनीति नगर्न प्रमुख प्रतिपक्ष एमालेलाई आग्रह गरेका छन्।

२०७२ सालको संविधान, २०६३ सालको अन्तरिम संविधान र केपी ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशमै आधारित भएर सरकारले ल्याएको विधेयकमा कसैले पनि असहमति जनाउनुपर्ने कारण नरहेको उल्लेख गर्दै उनले त्यसलाई सर्वसम्मत ढङ्गले पारित गरिदिन पनि सबै सांसदलाई अपिल गरे।

बिहीवार प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद विश्वकर्माले नागरिकताबाट वञ्चित लाखौँ नेपालीलाई नागरिकता दिने उद्देश्यका साथ आएको विधेयक पारित गर्ने काममा ढिलो गर्न आवश्यक नरहेको पनि पटक–पटक दोहोर्‍याए।

सांसद विश्वकर्माले संविधानअनुसार नै राष्ट्रपतिले यो विधेयक प्रतिनिधि सभामा पुनर्विचारका लागि पठाउन मिल्ने व्यवस्था भए पनि त्यसमा दलहरू असहमत हुनुपर्ने कुनै कारण नरहेको दाबीसमेत गरे। उनले विगतमा सहमति दिने तर अहिले आएर यो विधेयकमा असहमत हुने काम कुनै पनि राजनीतिक दलले गर्न नहुने बताए।

Facebook Comments

सम्बन्धित समाचार