AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • गठबन्धनको उद्देश्य देश बनाउने होइन, एमाले सिद्ध्याउने हाे : पोखरेल

गठबन्धनको उद्देश्य देश बनाउने होइन, एमाले सिद्ध्याउने हाे : पोखरेल

  • मङ्लबार, कार्तिक ८, २०७९
गठबन्धनको उद्देश्य देश बनाउने होइन, एमाले सिद्ध्याउने हाे : पोखरेल

काठमाडौं –  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको एकमात्रै उद्देश्य एमाले सिद्धाउने मात्रै रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष पोखरेलले गठबन्धनको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको र एमाले सिद्धाउन मात्रै ध्यान केन्द्रीत रहेको बताएका हुन्।

एमालेको उद्देश्य राजनीतिक स्थायीत्व, मुलुकको विकास र हित मात्रै रहेकाले जनताले विश्वास गर्ने उनको भनाइ छ । नीतिहित, सिद्धान्तहिन र अस्थीरता सिर्जना गर्नेलाई पाखा लगाएर मुलुकलाई विकासको बाटोमा अघि बढाउनुपर्ने पोखरेलले बताए ।

त्यस्तै पोखरेलले तिहार लगतै एमालेले पार्टीको घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिए। घोषणापत्रमा यसअघि एमाले सरकारले गरेका काम र भावी योजनाहरु तालिकाबद्ध रुपमा आउने उनले बताए।

अहिले पनि मुलुकको राजनीतिलाई प्रदुषित गर्ने अपराधिक धन्दा चलिरहेको भन्दै पोखरेलले त्यसले सिर्जना गरेका भ्रमहरुलाई एमालेले चिर्ने जिकिर गरे।

Facebook Comments

सम्बन्धित समाचार