AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पश्चिमी वायुको प्रभाव, यी क्षेत्रमा वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव, यी क्षेत्रमा वर्षाको सम्भावना

  • शनिबार, कार्तिक १२, २०७९
पश्चिमी वायुको प्रभाव, यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं – नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।

आज प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने आकलन गरिएको छ, भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आइतबार पहाडी भूभागमा आंशिक बदली रहने अनुमान महाशाखाको छ, बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार