AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • खेलकुद
  • नेपालले सन् २०२७ को यू-१९ महिला क्रिकेट विश्वकप आयोजना गर्ने

नेपालले सन् २०२७ को यू-१९ महिला क्रिकेट विश्वकप आयोजना गर्ने

  • आइतवार, कार्तिक २७, २०७९
नेपालले सन् २०२७ को यू-१९ महिला क्रिकेट विश्वकप आयोजना गर्ने

काठमाडौं – नेपालले पहिलो पटक क्रिकेटतर्फ विश्वकप आयोजना गर्ने भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आइतबार २०२७ को यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरेको हो ।

बोर्ड बैठकबाट २०२४ देखि २०२७ सम्म यू-१९ विश्वकपको आयोजकलाई अनुमोदन गरेको आईसीसीले जनाएको छ ।

२०२४ को यू(१९ पुरुष विश्वकप श्रीलंका, २०२६ को जिम्बावे र नामिबियाले आयोजना गर्नेछन् । २०२५ को यू(१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले आयोजना गर्नेछन् । २०२७ को यु-९ महिला टि-२० विश्वकप बंगलादेश र नेपालले आयोजना गर्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार