AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • खेलकुद
  • इंग्ल्यान्डले जित्यो आइसिसी टि-२० विश्वकपको उपाधि

इंग्ल्यान्डले जित्यो आइसिसी टि-२० विश्वकपको उपाधि

  • आइतवार, कार्तिक २७, २०७९
इंग्ल्यान्डले जित्यो आइसिसी टि-२० विश्वकपको उपाधि

काठमाडौं – आइसिसी टि-२० विश्वकप २०२२ को उपाधि इंग्ल्यान्डले जितेको छ ।

मेलबर्न क्रिकेट ग्राउन्डमा भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इंग्ल्यान्डले उपाधि जितेको हो । पाकिस्तानले दिएको १३८ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।

इंग्ल्यान्डको जितमा जोस बटलरले २० रन बनाए । बेन स्टोक्सले ५२ रन बनाउँदा ह्यारी ब्रुकले २० रन र मोइन अलीले १९ रन जोडे ।

पाकिस्तानका लागि हरिस रउफले दुई विकेट लिए । शाहिन अफ्रिदी र सादाब खानको नाममा एक/एक विकेट रह्यो ।

यसअघि टस हारेर ब्याटिङ थालेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । पाकिस्तानका लागि कुनै खेलाडीले अर्धशतकिय पारी खेलेनन् ।

कप्तान बाबर आजमले ३२ रन बनाउँदा ओपनर मोहम्मद रिजवान १५ रनमै आउट भए । शान मसूदले ३८, सादाब खानले २० रन बनाए । अन्य राम्रो प्रदर्शन गरेनन् ।

इंग्ल्यान्डका साम करनले तीन विकेट लिँदा आदिल रशीद र क्रिस जोर्डनको नाममा दुई/दुई विकेट रह्यो ।

Facebook Comments

सम्बन्धित समाचार