AarthikBikash
आइतवार, असार २८, २०८३
  • होमपेज
  • राजनीति
  • ‘शरणार्थी काण्डमा दोषी पाइए देउवा, ओली र प्रचण्डलाई पनि छाड्नु हुँदैन’

‘शरणार्थी काण्डमा दोषी पाइए देउवा, ओली र प्रचण्डलाई पनि छाड्नु हुँदैन’

  • शनिबार, बैशाख ३०, २०८०
‘शरणार्थी काण्डमा दोषी पाइए देउवा, ओली र प्रचण्डलाई पनि छाड्नु हुँदैन’

काठमाडौं – डा. गोविन्द केसीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरीका पठाउने भन्दै करोडौँ रकम असुल्ने काण्डमा जुनसुकै राजनीतिक दलका शीर्षनेता दोषी देखिए पनि कानूनको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

आज काठमाडौंको नक्सालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्ध सुरु भएको वृहत आन्दोलनका क्रममा बोल्दै डा. केसीले यस्तो बताएका हुन् ।

त्यस क्रममा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत ठूला नेता पनि संलग्न हुन सक्ने आशंका गर्दै उनीहरु पनि दोषी ठहर भए छाड्न नहुने बताए । उनले ठूला नेताहरु भ्रष्ट नभइकन साना तहका नेताहरुले भ्रष्टाचार गर्न हिम्मत नगर्ने बताए ।

डा. केसीले भने, ‘भूटानी शरणार्थी काण्डमा खुट्टा कमाउनु हुँदैन, छानविन विस्तृत हुनुपर्छ, निष्पप्क्ष हुनुपर्छ, शीर्षनेता पनि दोषी पाइयो भने उनीहरुलाई कारबाही हुनपर्छ, ‘देउवा, ओली, प्रचण्ड पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ, शीर्ष नेता भ्रष्ट नभइकन उभन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ, निर्दोष हो भने प्रहरीमा उजुरी आउँथ्यो, उनीहरू भाग्न खोज्नु र भाग्नु भनेका स्वतः प्रष्ट हुन्छ, प्रचण्डको पार्टीलाई भाग नपुगेको हो की के हो ? तर सबै पार्टी भ्रष्ट नै छन् ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेका नेताहरु फरार हुनुले उनीहरु दोषी रहेको आशंकामा बल मिलेको केसीले बताए ।

सम्बन्धित समाचार