AarthikBikash
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले अध्यक्ष ओली राष्ट्रपति भेट्न शीतल निवासमा

एमाले अध्यक्ष ओली राष्ट्रपति भेट्न शीतल निवासमा

  • बुधबार, साउन ३१, २०८०
एमाले अध्यक्ष ओली राष्ट्रपति भेट्न शीतल निवासमा

काठमाडौं- प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बुधबार दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेर अध्यक्ष ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

तीन सातादेखि जारी रहेको सदनको अवरोधबारे राष्ट्रपति पौडेलले ओलीसँग चासो राखेका थिए । सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै १० साउनदेखि एमालेले सदन अवरुद्ध गर्दै आएको छ ।

सदनको अवरोधप्रति राष्ट्रपति पौडेलले चासो राख्दै आएका छन् । यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि चासो राख्दै सदनको अवरोध हटाउन भनेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार