AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • हिलटन हाइड्रो इनर्जी र स्नो रिभर्स लिमिटेडले आईपीओ निष्कासन गर्ने

हिलटन हाइड्रो इनर्जी र स्नो रिभर्स लिमिटेडले आईपीओ निष्कासन गर्ने

  • मङ्लबार, भदौ ५, २०८०
हिलटन हाइड्रो इनर्जी र स्नो रिभर्स लिमिटेडले आईपीओ निष्कासन गर्ने

काठमाडौं-हिलटन हाइड्रो इनर्जी र स्नो रिभर्स लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएका छन् । जसमा हिलटन हाइड्रोको सभा भदौ २८ गते कम्पनीको रजिष्टर्ड कार्यालय, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा यस कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

यस्तै, स्नो रिभर्स लिमिटेडको दोस्रो साधारण सभा भदौ २७ गते कम्पनीको रजिष्टर्ड कार्यालय, ज्ञानेश्वर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा यस कम्पनीले पनि सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार