AarthikBikash
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • समाज
  • बाढीपहिरोमा परी २५ बालबालिकासहित ८३ जनाको मृत्यु, पाँच जना बेपत्ता

बाढीपहिरोमा परी २५ बालबालिकासहित ८३ जनाको मृत्यु, पाँच जना बेपत्ता

  • बुधबार, असार २६, २०८१
बाढीपहिरोमा परी २५ बालबालिकासहित ८३ जनाको मृत्यु, पाँच जना बेपत्ता

काठमाडौं– अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ ।प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ८३ जनाको मृत्यु भएको हो।जसमा ३३ पुरुष र २५ महिला, २५ बालबालिका रहेका छन् । जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर १०६ जना घाइते र पाँच जना बेपत्ता भएको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले बताए।

प्रवक्ता कार्कीका अनुसार घाइते हुनेमा ५१ पुरुष, ३६ महिला, १९ बालबालिका छन् । घाइतेको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ ।बेपत्ता हुनेमा दुई पुरुष र तीन महिला रहेका छन् । बाढीपहिरोका कारण तीन सय ८४ पशु चौपायको क्षति भएको छ । यस्तै, एक सय ३९ घर र ५४ गोठमा क्षति पुगेको प्रहरी प्रवक्ता कार्कीले बताए ।वर्षा पहिरोका कारण आठ सय ५८ घर विस्थापित भएका छन् । बाढीपहिरोमा परेकाको उद्धारका लागि हालसम्म पाँच हजार चार सय २८ प्रहरी परिचालन गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार