mega darknetmega darknet
AarthikBikash
शनिबार, कार्तिक ९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • लेखा समितिको सभापति प्रतिपक्षलाई दिन माओवादी सांसद सापकोटाको माग

लेखा समितिको सभापति प्रतिपक्षलाई दिन माओवादी सांसद सापकोटाको माग

  • सोमवार, साउन २१, २०८१
लेखा समितिको सभापति प्रतिपक्षलाई दिन माओवादी सांसद सापकोटाको माग

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले देशमा ‘अटोक्रेसी’ चलाउन खोजीरहेको आशङ्का व्यक्त गरेका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी सांसद सापकोटाले यस्तो बताएका हुन् ।त्यस्तै,सांसद सापकोटाले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको कार्यमाथि प्रश्न उठाएका छन्।उनले सभापति पोखरेल यसअघिको निर्णय उल्ट्याउने प्रयासमा रहेको बताए।

सांसद सापकोटाले भने, ‘सार्वजनिक लेखा समितिका सभापतिले उपसमितिले दिएको स्पष्ट निर्णय कार्यान्वयन गराउनुपर्ने हो, तर सबै निर्णयहरुलाई लत्याएर अनावश्यक रुपमा निर्णय उल्ट्याउने उद्देश्यका साथ अनैतिक छलफल गरिराख्नुभएको छ । बक्यौता तिर्न बाँकी उद्योगीसँग उहाँले रहस्यय भेट गर्नुभयो । भिभान्त होटेल कुनै सरकारी कार्यालय हो ? लेखा समितिलाई सिंहदरबारमा कार्यालय छुट्याइएको छ । उहाँले होटेललाई कहिलेदेखि कार्यालय बनाउनुभयो !’

सांसद सापकोटाले सभापतिको विषयमा उठेको प्रश्नबारे सभामुख र सदनको पनि ध्यानाकर्षण गराए ।डेडिकेटेड र ट्रंकलाइनको बक्यौता असुलीसम्बन्धमा विद्युत् प्राधिकरणलाई आर्थिक क्षति हुने र आर्थिक दायित्व बढ्ने गरी कुनै निर्देशन नगर्न र नगराउन पनि नेपाल सरकारलाई निर्देशन दिने भनेर भनिएको उनको भनाई छ ।तर, लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ती निर्णयहरूलाई उल्टाउन लागेको उनले आरोप लगाए ।सापकोटाले सार्वजनिक लेखा समितिको सभापति तत्काल प्रतिपक्षलाई दिनुपर्ने माग समेत गरे ।

सम्बन्धित समाचार