AarthikBikash
मङ्लबार, बैशाख ९, २०८२
  • होमपेज
  • शिक्षा/स्वास्थ्य
  • छोरी भर्ना गर्न नपाएको झोकमा शिक्षकहरुको आन्दोलनमा शिक्षकविरुद्ध नै नाराबाजी

छोरी भर्ना गर्न नपाएको झोकमा शिक्षकहरुको आन्दोलनमा शिक्षकविरुद्ध नै नाराबाजी

  • सोमवार, बैशाख ८, २०८२
छोरी भर्ना गर्न नपाएको झोकमा शिक्षकहरुको आन्दोलनमा शिक्षकविरुद्ध नै नाराबाजी

काठमाडौं-शिक्षकहरूको आन्दोलन २० दिनदेखि जारी छ । शिक्षकहरुको आन्दोलनका कारण सामुदायिक विद्यालयहरु बन्द छन् । पठनपाठनको त कुरै छाडौ, नयाँ शैक्षिक सत्रको भर्ना समेत हुन सकेको छैन ।

शिक्षकहरुको आजको प्रदर्शनमा एउटा फरक खालको घटना भयो । माइतीघर मण्डलादेखि बानेश्वरसम्मको प्रदर्शनका क्रममा आज शिक्षकविरुद्ध नै नाराबाजी भएपछि शिक्षकहरु नै झसंग भए ।

शिक्षकहरूविरुद्ध नाराबाजी गरिरहेका ती व्यक्तिलाई आन्दोलनरत शिक्षकहरूले नियन्त्रणमा लिएका थिए। त्यसपछि उनीहरूकै रोहबरमा प्रहरीले पक्राउ गरेको हो ।

नेपाल शिक्षक महासंघका अनुसार ती व्यक्तिले पटकपटक शिक्षकविरुद्ध उत्तेजक नाराबाजी गरेपछि उनीमाथि शिक्षकहरूले घेरा हालेर नियन्त्रणमा लिएका थिए ।

केही आक्रोशित शिक्षकहरूले उनलाई लछारपछार गर्दै कुटपिटसमेत गरेको दृश्य देखिएको थियो ।

कुटपिटका क्रममा ती व्यक्तिको लुगा च्यातिएको थियो भने प्रहरीले नियन्त्रणमा लिएपछि पनि उनी शिक्षकहरूलाई झम्टिन खोजेका थिए ।

प्रारम्भिक जानकारीअनुसार उनी ‘छोरी भर्ना गर्न पाइएन’ भन्दै अभिभावकको रूपमा आन्दोलनस्थलमा प्रवेश गरेका थिए ।

शिक्षकहरु नै आन्दोलनमा उत्रिएपछि विद्यालय बन्द हुँदा झण्डै ५० लाख विद्यार्थीको पठनपाठन ठप्प छ ।

Facebook Comments

सम्बन्धित समाचार