काठमाडौं-दाङमा एक व्यक्तिले आफैंमाथि गोली चलाएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैंलाई गोली चलाएका हुन् ।
लाइन्सेन्सवाला बन्दुकले आज घरमै आफैंमाथि गोली चलाएर उनको मृत्यु भइसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
आचार्य रेडक्रस दाङका पूर्वअध्यक्ष हुन् । उनले किन आफैंमाथि गोली चलाए भन्ने खुलेको छैन ।
प्रारम्भिक अनुसन्धानमा आचार्यले आत्महत्या गरेको जस्तो देखिए पनि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।