काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डले बुधबार कक्षा १२ को परिवर्तित तालिका प्रकाशन गर्ने भएको छ ।
परीक्षाको समयतालिका आज बोर्डको वेबसाइटमार्फत र त्यसपछि गोरखापत्र दैनिकमा समेत प्रकाशन गरिने बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा जानकारी दिएका हुन् ।
बोर्डले यसअघि वैशाख ११ गतेदेखि २४ गतेसम्म माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) सञ्चालन हुने गरी परीक्षा समयतालिका सार्वजनिक गरेको थियो ।
तर, मंगलबार बोर्डले परीक्षाको समय परिवर्तन गर्दै वैशाख २१ गते बिहान ८ बजेदेखि सञ्चलन गर्ने बताएको थियो ।