AarthikBikash
बुधबार, बैशाख १६, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • थापाथलीको २७ आना जग्गा प्रकरणः फरार रहेका सुभासनम शाह पक्राउ

थापाथलीको २७ आना जग्गा प्रकरणः फरार रहेका सुभासनम शाह पक्राउ

  • बुधबार, बैशाख १६, २०८३
थापाथलीको २७ आना जग्गा प्रकरणः फरार रहेका सुभासनम शाह पक्राउ

काठमाडौं – १४ वर्ष अघि चेकको भरमा महावीर विल्डर्स प्रालिको नाममा थापाथलीमा रहेको २७ आना जग्गा खरिद गरि फरार भएका थप एक जना पक्राउ परेका छन् ।

साढे दुई/साढे दुई करोडको दुई वटा चेक दिएर १४ वर्ष अघि जग्गा लिएका महावीर विल्डर्सका चार जना सञ्चालकमध्ये तीन जना पक्राउ परेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैशाख १५ गते मंगलबार सुभासनम शाहलाई पक्राउ गरेको हो ।

नृपशमशेर जवरा वादी रहेको चेक अनादर मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला अनुसार उनी पक्राउ परेका हुन् ।

बुढानिलकण्ठ–८, काठमाडौंका स्थायी बासिन्दा शाहलाई महाशाखाको टोलीले चाँगुनारायण नगरपालिका–५ खरिपाटी, भक्तपुरबाट पक्राउ गरेको हो ।

१४ वर्ष अघि थापाथलीको २७ आना जग्गा हत्याएका हिमालयन बैंकका सीइओ राणाका भाइसहित दुइ जना फरार, दुइ पक्राउ
१४ वर्ष अघि थापाथलीको २७ आना जग्गा हत्याएका हिमालयन बैंकका सीइओ राणाका भाइसहित दुइ जना फरार, दुइ पक्राउ

महावीरका चार जना सञ्चालकमध्ये यसअघि अमर केशर सिंह र नविन राउत पक्राउ परिसकेका छन् ।

सिंह गत चैत २८ गते चित्लाङबाट पक्राउ परेका थिए भने नविन राउत गत फागुन ७ गते पक्राउ परि पुर्पक्षका लागि सुन्धारास्थित सेन्टर जेल चलान भइसकेका छन् ।

फरार रहेका अमरशमशेर राणा भने नेपालकै पहिलो गभर्नर हिमालय शमशेर राणाका छोरा तथा हिमालयन बैंकका सीइओ अशोक राणाका भाइ हुन् । अमरशमशेरलाई सीइओ राणाले नै जोगाउँदै आएको पीडित पक्षको दावी छ ।

अहिलेसम्म राणा पक्राउ नपर्नुले प्रहरीमाथि नै आशंका उब्जिएको छ ।

सिंह भने पूर्वराजा ज्ञानेन्द्र शाहले मानार्थ जनरलको उपाधि दिएका दिवंगत भरतकेशर सिंहका पुत्र हुन्–अमर केशर सिंह ।

महावीर विल्डर्स प्रालि नामको कम्पनी खोलेर उनीहरू ४ जनाले थापाथलीमा रहेको नृपशमशेर जबराको २७ आना ६ करोडमा खरिद गरेका थिए । २०६८ असारमा जग्गा खरिद गर्दा उनीहरुले दुईवटा चेक दिएको र सो चेक नसाटिएपछि जग्गाधनीले अदालतमा चेक अनादरको मुद्दा दायर गरेका थिए ।

काठमाडौं जिल्ला अदालतले २०७१ वैशाख ९ मा उनीहरुविरुद्ध बिगो भराउने फैसला गरेको थियो । तर, बिगो रकम दाखिला नगरेपछि बादीको निवेदनको आधारमा २०८२ माघ २३ मा अदालतले पुनः उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

सम्बन्धित समाचार