रौतहट – रौतहटमा झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका–४ का ३० वर्षीय विष्णु सुवेदी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घटना झगडा छुट्याउने क्रममा भएको हो ।
सोही क्रममा बारा, निजगढ नगरपालिका–६ का ३८ वर्षीय विमल मोक्तानले सुवेदीलाई धकेलेका थिए ।
धकेलिँदा गम्भीर चोट लागेपछि सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।