AarthikBikash
मङ्लबार, जेष्ठ १२, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • आज दिउँसोबाट यी जिल्लामा तीव्र हावाहुरी चल्ने, सर्तक रहन आग्रह

आज दिउँसोबाट यी जिल्लामा तीव्र हावाहुरी चल्ने, सर्तक रहन आग्रह

  • मङ्लबार, जेष्ठ १२, २०८३
आज दिउँसोबाट यी जिल्लामा तीव्र हावाहुरी चल्ने, सर्तक रहन आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले आज देशका केही जिल्लामा तीव्र वेगको हुरी चल्ने सम्भावना रहेकोले सर्तक रहन सुझाव दिएको छ ।

मौसम विभागका अनुसार आज दिउँसोपछि पाँच प्रदेशका ११ जिल्लामा तीव्र वेगको हुरी चल्ने सम्भावना छ।

मधेस, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाहरुमा तीव्र वेगको हुरी चल्ने सम्भावना रहेको विभागले आज बिहान जारी गरेको सूचनामा उल्लेख छ ।

मधेस प्रदेशको बारासहित पर्सा, सर्लाही र धनुषासहित आसपासका जिल्लामा र बागमती प्रदेशको मकवानपुर र चितवन लगायतका जिल्लाहरुमा जिल्ला हुरी चल्ने सम्भावना छ।

यसैगरी गण्डकी प्रदेशको नवलपुर र तनहुँसहित लुम्बिनी प्रदेशको रुपन्देहीसहित आसपासका जिल्लाहरुमा हुरी चल्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

हावाहुरीले छाना उडाउने, रुख र पोल ढल्ने जोखिम हुने भएकाले सकेसम्म घरबाहिर हिँडडुल नगर्न, झ्यालढोका राम्रोसँग बन्द गर्न,  घरबाहिर आगो नबाल्न र सतर्क रहन विभागले आग्रह गरेको छ ।

सम्बन्धित समाचार