AarthikBikash
मङ्लबार, जेष्ठ १२, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना: ३८ जना घाइते, दुईको अवस्था गम्भीर

काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना: ३८ जना घाइते, दुईको अवस्था गम्भीर

  • मङ्लबार, जेष्ठ १२, २०८३
काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना: ३८ जना घाइते, दुईको अवस्था गम्भीर

कपिलवस्तु – कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।

जिल्लाको महाराजगंज नगरपालिका-४ बरइपुरस्थित तौलिहवा-बहादुरगंज हुलाकी सडकखण्डमा काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १२६६ नं को बस बिहान ३ बजेतिर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा ३८ जना घाइते भएका हुन् ।

दुर्घटनामा घाइते भएका १९ जनाको अवस्था मध्यम, १७ जनाको सामान्य र २ जनाको अवस्था गम्भीर रहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

दुर्घटनापछि उद्धार गरी ३५ जनालाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ।

यस्तै प्रहरीका अनुसार, दुईजनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेमा बर्दियाकी ४५ वर्षीया पवित्रा देवकोटा र सुर्खेतका ३० वर्षीय प्रकाश विक छन् । उनीहरुलाई थप उपचारका लागि भैरहवास्थित विभिन्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, बाँकेलगायत जिल्लाका यात्रु घाइते भएका छन्। बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार