AarthikBikash
बुधबार, जेष्ठ १३, २०८३
  • होमपेज
  • राजनीति
  • मल अभाव हुन नदिन सरकार सक्रिय, भारतबाट ५० हजार मेट्रिक टन मल ल्याइँदै

मल अभाव हुन नदिन सरकार सक्रिय, भारतबाट ५० हजार मेट्रिक टन मल ल्याइँदै

  • बुधबार, जेष्ठ १३, २०८३
मल अभाव हुन नदिन सरकार सक्रिय, भारतबाट ५० हजार मेट्रिक टन मल ल्याइँदै

काठमाडौं – कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकार सक्रिय रहेको बताएकी छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बजेट र नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले रोपाइँको सिजन नजिकिँदै गर्दा मल आपूर्ति सहज बनाउन सरकार सक्रिय रहेको जानकारी गराएकी हुन् ।

उनले मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति प्राप्त गरी भारतसँग जीटुजी माध्यमबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्ने प्रक्रिया सुरु गरिएको बताइन् ।

मन्त्री चौधरीका अनुसार चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५४ हजार ७६२ मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको छ भने ४ लाख ६३ हजार १६० मेट्रिक टन मल किसानलाई बिक्री गरिएको छ । हाल गोदाममा तथा नेपाल भित्रिइसकेको तर गोदाम इन्ट्री हुन बाँकी गरी १ लाख ४४ हजार ५८५ मेट्रिक टन मल मौज्दात रहेको उनले जानकारी दिइन् ।

उनले चालु आर्थिक वर्षको असारसम्म करिब ६ लाख मेट्रिक टन मल किसानलाई अनुदानमा उपलब्ध गराइने बताइन् ।

साथै मन्त्री गीता चौधरीले आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य रहेको बताइन् ।

नेपाल काठमा पूर्ण आत्मनिर्भर हुने भन्दै नेपाली बजारको माग पुरा गरेर मात्रै काठ निर्यात गरिने मन्त्री चौधरीको भनाइ थियो ।

सम्बन्धित समाचार