AarthikBikash
बुधबार, भदौ १७, २०८३
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभा बैठक बस्दै, सभामुखले ‘विशेष प्रस्ताव प्रस्तुत’ गर्ने

प्रतिनिधिसभा बैठक बस्दै, सभामुखले ‘विशेष प्रस्ताव प्रस्तुत’ गर्ने

  • बुधबार, भदौ १७, २०८३
प्रतिनिधिसभा बैठक बस्दै, सभामुखले ‘विशेष प्रस्ताव प्रस्तुत’ गर्ने

काठमाडौं – संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोसी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव प्रस्तुत’ गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा सभामुख अर्यालले भोटेकोसी बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्नेछन् ।

“प्रतिनिधिसभाको यो बैठक, मिति २०८३ साल भदौ १० गते बुधबार भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रका धेरै संख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनाका साथै ठूलो संख्यामा मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दछ,” संघीय संसद् सचिवालयले उपलब्ध गराएको विशेष प्रस्तावमा उल्लेख छ ।

सम्बन्धित समाचार