AarthikBikash
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • समाज
  • बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन सरकारको विशेष अभियान

बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन सरकारको विशेष अभियान

  • बुधबार, भदौ १७, २०८३
बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन सरकारको विशेष अभियान

काठमाडौं – सरकारले रसुवाको भोटेकोशी नदीमा बाढी आएपछि खोज, उद्धार, राहत वितरणसँगै प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन विशेष अभियानहरु चलाएको छ।

बाढी आएलगत्तै गम्भीर घाइतेलाई काठमाडौँ ल्याएर उपचार गरेको सरकारले काठमाडौँबाट विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीका विभिन्न टोली प्रभावित क्षेत्रका नागरिकहरुको उपचारका लागि खटाएको थियो। यी टोलीले अहिले पनि प्रभावित क्षेत्रका नागरिकको उपचारसँगै मनोपरामर्श सेवा पनि उपलब्ध गराइरहेका छन्।

राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रले स्वास्थ्य सुरक्षासम्बन्धी जनचेतनामूलक सूचना प्रवाह गरिरहेको छ।

बाढी प्रभावित क्षेत्रहरूमा ज्वरो तथा झाडापखालाजन्य रोगहरूको नियमित र कडा अनुगमन गर्न ‘निगरानी, प्रकोप प्रतिकार्य व्यवस्थापन तथा विश्लेषण प्रणाली–सोरमास’ सञ्चालनमा ल्याइएको छ।

त्यसैगरी, ‘विपद्–पश्चात् सरुवा रोग निगरानी तथा प्रतिकार्य योजना’ प्रभावकारी रूपमा लागु गर्न प्रदेश तथा स्थानीय तहका स्वास्थ्य अधिकारीहरूलाई आवश्यक तालिम समेत प्रदान गरिएको पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

साथै, प्रभावित क्षेत्रमा नेपाली सेनाको स्वास्थ्य टोलीले पट्रोलिङ गरिरहेको छ। विभिन्न संक्रामक रोग तथा महामारीको प्रकोपबाट नागरिकलाई जोगाउन सेनाले प्रभावित क्षेत्रहरूलाई जिवाणु तथा प्रदूषण उन्मूलन गर्न ‘डिकन्टाडिनेसन’को कार्य गरिरहेको छ।

नेपाल प्रहरीले पनि सुरक्षित तरिकाले शव व्यवस्थापन गर्न ुएसओसीओु टोली खटाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार