AarthikBikash
शुक्रबार, भदौ १९, २०८३
  • होमपेज
  • समाज
  • त्रिशूली ३ ‘ए’ को सुरुङमा एकजनाको शव भेटियो

त्रिशूली ३ ‘ए’ को सुरुङमा एकजनाको शव भेटियो

  • शुक्रबार, भदौ १९, २०८३
त्रिशूली ३ ‘ए’ को सुरुङमा एकजनाको शव भेटियो

काठमाडौं – बाढी आएको १०औं दिनमा दुई जनाको जीवितै उद्धार गरिएको त्रिशूली ३ ‘ए’ को सुरुङभित्र एकजना मृत अवस्थामा भेटिएका छन् ।

उद्धार टोलीले केही बेरअघि एकजनाको शव बाहिर निकालेको हो । उद्धारमा खटिएका सुरक्षाकर्मीले सुरुङमा एक शव फेलाा परेको जानकारी गराएका हुन् ।

मृतक व्यक्तिको पहिचान भने हुन बाँकी छ ।

यसअघि आज बिहान यहाँबाट दुई जनाको जीवितै उद्धार गरिएको थियो । अहिले उद्धार कार्य जारी नै छ ।

सम्बन्धित समाचार