AarthikBikash
बुधबार, कार्तिक ७, २०८१
  • होमपेज
  • राजनीति
  • एसपिपीबारे अमेरिकन एम्बेसीले सत्य बोलोस्ः केपी ओली

एसपिपीबारे अमेरिकन एम्बेसीले सत्य बोलोस्ः केपी ओली

  • मङ्लबार, असार १४, २०७९
एसपिपीबारे अमेरिकन एम्बेसीले सत्य बोलोस्ः केपी ओली

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौतामा आफूबारे भ्रम फैलाइएको दाबी गरेका छन्। मदन भण्डारीको ७१ औँ जन्मजयन्तीको कार्यक्रममा मंगलबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यसमा आफूलाई अनावश्यक रुपमा जोडिएको दाबी गरेका हुन्।

आफ्नो पालामा लेखिएको भनिएको पत्रमा टिपेक्स लगाइएको भन्दै सो पत्र सार्वजनिक गर्नको लागि ओलीले चुनौति दिएका छन्। ‘म प्रधानमन्त्री हुनुभन्दा अगाडिको पत्र हुनसक्छ। चलानी पत्रमा चलानी नम्बर पनि हातले ८५ लेखेको छ। र पठाएको मितिमा पनि २७ अक्टोबर लेखेको छ हातले। सबै टाइ हुँदा पनि पछि त्या हातले किन लेख्नुपर्योरु त्यसलाई टिपेक्स लगाएर हातले लेखएिको स्पष्ट हुन्छ। हातले नलेखिएको पत्र सार्वजनिक गर्न म सरकारलाई आग्रह गर्न चाहान्छु,’ ओलीले भने।

यदी सोही मितिमा थियो भने पनि तत्कालिन प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्रीलाई सोध्न आग्रह गरेका छन्। यदि सेनाले सो पत्रबारे सरकारलाई बताएको भए रोक्ने दाबी ओलीले गरेका छन्।

त्यस्तै, अध्यक्ष ओलीले आफूलाई हटाएपछि पुष्पकलम दाहाल प्रचण्ड प्रधानमन्त्री भएको भन्दै सो पत्र आफू प्रधानमन्त्री नहुँदै एम्बेसीमा पठाइएको ओलीको दाबी छ। एसपिपीबारे अमेरिकन राजदूतावासले पनि सत्य बोल्नुपर्ने बताए। उनले भने, ‘एसपिपीबारे अमेरिकन एम्बेसीले सत्य बोलोस्।’

केपी ओलाई एसपिपीमा मुछ्नको लागि सो मिति परिवर्तन गरिएको ओलीको दाबी छ। यो छलि काम अहिलेको सरकारले गरेको ओलीको दाबी छ। यदी सो काम आफ्नो पालामा भएको भए पनि गलत भएको ओलीको भनाई छ।

Facebook Comments

सम्बन्धित समाचार