AarthikBikash
बुधबार, भदौ २५, २०८२
  • होमपेज
  • समाज
  • अझै तीन दिन पानी पर्ने, मंगलबारदेखि मौसममा सुधार हुने

अझै तीन दिन पानी पर्ने, मंगलबारदेखि मौसममा सुधार हुने

  • शनिबार, अशोज २२, २०७९
अझै तीन दिन पानी पर्ने, मंगलबारदेखि मौसममा सुधार हुने

мега ссылкамега ссылка
काठमाडौं – नेपालमा पछिल्लो पाँच दिनदेखि लगातार पानी परिरहेको छ। मनसुन सक्रिय रहेकाले अझै तीन दिन पानी पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार मनसुन न्यून चापीय क्षेत्रको असर कायमै रहेकाले केही दिन वर्षाको सम्भावना छ। आगामी मंगलबारदेखि मौसम क्रमिक रूपमा सुधार हुनेछ।

кракен ссылкакракен ссылка

‘अबको तीन दिनसम्म वर्षाको सम्भावना छ। पश्चिमी क्षेत्रमा बढी असर पर्ने देखिन्छ। एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ,’ उनले भने।

mega darknetmega darknet

नेपालमा मनसुन अझै सक्रिय रहेकाले वर्षा भइरहे पनि विगतका दिनभन्दा कम असर पर्ने मौसमविद् महर्जनले बताए।

Вот актуальная кракен даркнет для входа.

हाल नेपालमा मध्य–पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको असर परेको हो। प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी स्वदेशमा सामान्य बदली रहेको छ।

प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ। दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा थोरै र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ। रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ।

महाशाखाका अनुसार गत २४ घन्टामा वीरेन्द्रनगरमा १६९ र नेपालगन्जमा १६५ मिलिमिटर वर्षा मापन गरिएको छ। घोराहीमा १०४, धनगढीमा ९०, दिपायलमा ६३ र डडेलधुरामा ४४ मिलिमिटर वर्षा भएको छ। काठमाडौंमा ९.५ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।

शनिबार काठमाडौँको न्यूनतम तपक्रम १७ र अधिकतम तापक्रम २८ डिग्री सेल्सियस छ।

सम्बन्धित समाचार