AarthikBikash
बिहिबार, कार्तिक ८, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बैतडीमा जिप दुर्घटनाः मृत्यु हुनेको संख्या ४ पुग्यो

बैतडीमा जिप दुर्घटनाः मृत्यु हुनेको संख्या ४ पुग्यो

  • सोमवार, मंसिर ५, २०७९
बैतडीमा जिप दुर्घटनाः मृत्यु हुनेको संख्या ४ पुग्यो

बैतडी । बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान लोकन्द्रबहादुर थापा मगर, रमेश साउद र सहायक हवल्दार अर्जुन कठायत छन् । एक जनाको शव दुर्घटनाग्रस्त जिपमुनि रहेकाले निकाल्ने प्रयास भइरहेको छ ।

दुर्घटनामा घाइते भएका चारजनालाई नेपाली सेनाको  हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको छ । साेमबार बिहान ९ बजे पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनले जनाएको छ ।

६ जना घाइतेको परिचय खुलेको छ । घाइते हुनेमा गोपालबहादुर पाल, आसा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत छन् । जिप सडकबाट करिब दुई सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

दुर्घटनामा परेका प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत थिए । उनीहरूलाई निर्वाचनका लागि बैतडी खटाइएको थियो । जीपमा १२जना प्रहरी सवार रहेको बुुझिएको छ ।

से१ज ८५४ नम्बरको जीप पाटन नगरपालिका-४ को निङलाडी खोलामा दुर्घटना भएको हो । घटनाका विषयमा थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार