AarthikBikash
बिहिबार, कार्तिक ८, २०८१
  • होमपेज
  • खेलकुद
  • नेपाल टी २० विवादः खेलाडीले टस गर्नै मानेनन्, दुबै टोली छलफलमा

नेपाल टी २० विवादः खेलाडीले टस गर्नै मानेनन्, दुबै टोली छलफलमा

  • मङ्लबार, पुस १९, २०७९
नेपाल टी २० विवादः खेलाडीले टस गर्नै मानेनन्, दुबै टोली छलफलमा

काठमाडौं-नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी नेपाल टी-ट्वान्टी लिगमा विवाद उत्पन्न भएको छ । पारिश्रमिक नपाएपछि खेलाडीले खेल्न नमान्दा नेपाल टी-ट्वान्टीमा आज मंगलबार हुने खेलहरु अन्योलमा परेको छ ।

त्रिवि क्रिकेट मैदानमा बिहान साढे ८ बजे टस हुनु पर्ने काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सको खेलमा कप्तानले टस गर्न नै नमानेपछि खेल अनिश्चित बनेको हो ।

दुबै टोलीले प्लेईङ-११ मा नाम दर्ता समेत गराएका छैनन् ।

अहिले दुबै टोली बैठकमा छन् । दुबै टिमका खेलाडी, नेपाल टि२० गर्भनिङ काउन्सिलका अध्यक्ष प्रशान्त मल्ल, नेपाल टि२० लिग प्रतियोगिता निर्देशक तथा क्यानका महाप्रबन्धक वृतान्त खनाल, क्यानका क्रिकेट म्यानेजर विनोद दास, कोषाअध्यक्ष रोशनसिंह, म्याचअफिसलहरु बैठकमा छन् ।

Facebook Comments

सम्बन्धित समाचार