AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • संघीय सरकारमाथि खनिए बालेन, भन्छन्: सरकारको कुनै इज्जत गर्दिनँ

संघीय सरकारमाथि खनिए बालेन, भन्छन्: सरकारको कुनै इज्जत गर्दिनँ

  • शनिबार, चैत्र २५, २०७९
संघीय सरकारमाथि खनिए बालेन, भन्छन्: सरकारको कुनै इज्जत गर्दिनँ

काठमाडौं-काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक दलको नेतृत्वप्रति असन्तुष्टी जनाउँदै संघीय सरकारमाथि खनिएका छन् ।

मेयर साहले आफ्नो व्यक्तिगत फेसबुक अकाउन्टबाट नेपालको सरकार भारत र चीनले बनाउने गरेको आरोप लगाएका छन् ।

‘चीन र भारतले बनाएको सरकारको कुनै इज्जत गर्दिन म, नेपाल स्वाधिन कहिले हुने ? आफ्नो अस्तित्व कहिले बनाउने ? लाज लाग्दैन ?’ उनले फेसबुकमा लेखेका छन् ।

साहले यसअघि देश सफा गर्न परे नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने भन्दै आक्रोश पोखेका थिए।

बालेन शाहको आक्रोशः आजबाट सिंहदरबारको फोहोर उठ्दैन, नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्छ

Facebook Comments

सम्बन्धित समाचार