AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • चितवन-२ मा रवि लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि

चितवन-२ मा रवि लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि

  • मङ्लबार, बैशाख १२, २०८०
चितवन-२ मा रवि लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि

काठमाडौं-प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् ।

अहिलेसम्म ५६ हजार ५०७ मत गणना भएको छ  । त्यसमध्ये रास्वपा सभापति लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ४५८ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका छन् ।

रवि लामिछाने जितनारायणभन्दा ३२ हजार ६११ मत अन्तरले र रामप्रसाद भन्दा ३२ हजार ८०२ मत अन्तरले अगाडि रहेका छन् छन् ।

Facebook Comments

सम्बन्धित समाचार