AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • एमालेले गर्यो टोपबहादुर रायमाझीलाई निलम्बन

एमालेले गर्यो टोपबहादुर रायमाझीलाई निलम्बन

  • बुधबार, बैशाख २७, २०८०
एमालेले गर्यो टोपबहादुर रायमाझीलाई निलम्बन

काठमाडौं-नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई सचिवबाट पार्टीले निलम्बन गरेको छ । बुधबार एमालेले एक विज्ञप्ति जारी गर्दै पूर्वउपप्रधानमन्त्री रायमाझीलाई पार्टीबाट निलम्बन गरेको जनाएको हो ।

मंगलबार बसेको सचिवालय बैठकले रायमाझीलाई आत्मसमर्पण गर्न निर्देशन दिएको थियो । गत बिहीबार गृह जिल्ला अर्घाखाँचीको कार्यक्रममा सहभागी भएका रायमाझी त्यसपछि बेपत्ता भएका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले उनलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने योजनाका मुख्य योजनाकारमध्ये एक भएको निष्कर्ष निकालेको छ । रायमाझीका छोरा सन्दीप गत बिहीबार रुपन्देहीमा पक्राउ परेका थिए ।

प्रहरीले अदालतबाट पक्राउ पर्जी लिँदा रायमाझी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको एक कार्यक्रममा अतिथि थिए । कार्यक्रम सकेर बुटवल झरेका उनी त्यसयता फरार छन् ।

Facebook Comments

सम्बन्धित समाचार